११ मंसिर २०८३, शुक्रबार

प्लाष्टिककाे चामल र अण्डाबारे यसाे भन्छ सरकार

924
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडाैं, ८ असाेज । सरकारले बजारमा प्लाष्टिकको चामल र नक्कली अण्डा रहेको भन्ने हल्लाको पछि नलाग्न आग्रह गरेको छ ।

केही समय यता बजारमा प्लाष्टिकको चामल र पिठोमा प्लाष्टिक मिसिएको र प्लाष्टिककै अण्डा पाइएको भन्ने हल्लाको पछि नलाग्न खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले अनुरोध गरेको हाे ।

विभागले सूचना निकालेर अण्डा, चामल र पिठोको परीक्षण गर्दा बजारमा हल्ला चलेजस्तो केही पनि मिसावट नभटिएको जनाएकाे छ । तथ्यहीन हल्लाको पछि नलाग्न सबैलाई विभागले आग्रह गरेको छ ।