१५ कार्तिक २०८३, आइतबार

आफ्ना कविता रुचाउने सबैप्रति राष्ट्रकविबाट कृतज्ञता

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौँ, ७ असोज । राष्ट्रकवि माधवप्रसाद घिमिरे आज १०१ वर्ष पुग्नुभएको छ । मस्र्याङ्दी वाङ्मय प्रतिष्ठानले राष्ट्रिय नाचघरमा आयोजना गरेको १०१ औँ कार्यक्रममा राष्ट्रकवि घिमिरेलाई सम्मान गरियो । राष्ट्रकवि घिमिरेको जन्म १९७६ मा आजैको दिन लमजुङ, पुस्तुनमा भएको हो ।

सो अवसरमा प्रतिष्ठानद्वारा प्रकाशित जन्मशताब्दी विशेषाङ्क लोकार्पण गरियो । राष्ट्रकविलाई शुभकामना व्यक्त गर्न उहाँको निवास लैनचौरमा बिहानदेखि नै समाजका विभिन्न क्षेत्रका व्यक्तिको घुइँचो लागेको थियो । समारोहमा कवि घिमिरेले आफ्ना कविता रुचाउने सबै नेपालीप्रति कृतज्ञता प्रकट गर्नुभयो । –रासस