
– विजय चालिसे
नवलपुर, ७ असोज । नवलपुर जिल्लामा डेगुका बिरामी फेला परेसंगै मध्यबिन्दु नगरपालीकामा पनि लामखुट्टेको बासस्थान खोज र नष्ट गर अभियानलाई तीव्र पारिएको छ ।
यसैक्रममा आज मध्यबिन्दु ६ भण्डरामा लामखुट्टेको बासस्थान खोज र नष्ट गर अभियान संचालन गरिएको छ । मध्यबिन्दु स्वाथ्य शाखा प्रमुख पारेश्वर भुर्तेलले दिएको जानकारीअनुसार हाल सम्म नगरपालिकामा १२ जना डेंगुका बिरामी फेला परेका छन् ।
यद्यपि संक्रमित बिरामी खतरामुक्त रहेको उनले बताएका हुन् । १२ जना मध्ये अझै पनि केही बिरामी अस्पतालमा नै रहेको र अन्य बिरामी उपचारपश्चात घरमा आराम गरिरहेको स्वाथ्य शाखा प्रमुख भुर्तेलले बताए ।
पछिल्लो समय लामखुट्टेको टोकाईबाट हुने डेंगु जरोका बिरामी बढ्दै गएपछि यसको रोकथामका लागि बडा न ६ मा अभिमुखीकरण कार्यक्रमसहित लामखुट्टेको बासस्थान नष्ट गर्ने अभिनाय संचालन गरिएको उनले जानकारी दिए ।
मध्यबिन्दु नगरपालिका ६ मा रहेका मानिसहरुलाई सचेत गराउनका लागि र डेंगु ज्वरो सार्न सक्ने लामखुट्टे बस्ने सम्भावित स्थानको सरसफाईमा ध्यान दिनका लागि स्वाथ्य शाखा प्रमुख भुर्तेलले प्रशिक्षणमार्फत आग्रह गरेका थिए ।
डेंगुबाट बच्ने उपाय र अपनाउनुपर्ने सावधानीहरू बारेमा समेत भुर्तेलले कार्यक्रम मार्फत नै जानकारी दिएका थिए । उक्त कार्यक्रममा १०१ जनाको सहभागिता रहेको थियो ।
लामखुट्टेको टोकाईबाट डेंगु लाग्ने भएकाले यसको रोकथामका लागि घरवरपर सरसफाई गर्ने, पानी जम्ने खाडलहरू पुर्ने, सफा पानी जम्ने स्थानहरुलाई सरसफाई गर्ने गर्नुपर्दछ ।
हातसम्म नगरभित्रका ७ वटा बडामा यस कार्यक्रम संचालन गरिसकेको र टोल टोलमा पनि कार्यक्रमहरु संचालीत रहेको स्वाथ्य शाखा प्रमुख भुर्तेलको भनाई छ ।











प्रतिक्रिया