११ मंसिर २०८३, शुक्रबार

दशैँतिहारलाई मध्यनजर गर्दै सशस्त्र, जनपद र ट्राफिक प्रहरीद्धारा निगरानी बढाउँदै

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कपिलवस्तु, ७ असोज । कपिलवस्तुको कृष्णनगर मताहतका क्षेत्रमा नजिकै रहेको दशैँ र तिहारलाई मध्यनजर गर्दै सशस्त्र प्रहरी, जनपद प्रहरी र ट्राफिक प्रहरीले आआफ्नो कार्यक्षेत्रमा रही निगरानी बढाएका छन् ।

शान्ति सुरक्षा कायम गर्न हरेक प्रयास गरिरहेका छन् । दशैँ तिहारलाई लक्षित गर्दै सशस्त्र प्रहरीले रात्रीमा गाड़ी र पैदल पेट्रोलिंग बढाएको छ । व्यक्तिलाई सहज हुनका लागि भदौ २९ गते देखि नै मुख्य भंसार नाकामा नागरिक सहायता कक्ष स्थापना गरिएको छ ।

लिंकगेट, यात्रुगेट, झण्डानगर र लक्ष्मीनगर लगायत क्षेत्रमा दैनिक चेकिंगमा सशस्त्र प्रहरी बलले कडाई गर्दै गाड़ी चेकिंग र सीमानामा हुनसक्ने सम्भावित घटना रोक्न विशेष टोली समेत सशस्त्र प्रहरी बलले खटाएको छ ।

साथै दुर्गा मुर्ति बिसर्जनमा बजार क्षेत्रको सुरक्षाका लागि जिल्लाबाट समेत सुरक्षाकर्मी ल्याउने तयारी भइरहेको जानकारी सशस्त्र प्रहरी बल कृष्णनगर ३९ नं का गुल्मपती सशस्त्र प्रहरी नायब उपरिक्षक सुशील कुमार शाहीले जानकारी दिए ।

त्यस्तै चाडपर्व लाइ मध्यनजर गर्दै नेपाल प्रहरी ले गाड़ी, बाइक र पैदल पेट्रोलिंग बढाएकाले जिल्लाबाट थप १० जना सुरक्षाकर्मी मगाएको र पछि आवश्यकता अनुसार अरु सुरक्षाकर्मी थप गरिने छ ।

चार जना सदा पोशाक को प्रहरी परिचालन गरिएको र रात्री पेट्रोलिंग समेत गर्दा चोरीको सम्भावना लाई समाप्त पार्ने उद्देश्य रहेको छ । सवारी दुर्घटना र झैझगड़ा कम रहेको अवस्था स्थानीयले महसुस गरेका छन् ।

भन्सार राजस्व पहिलेको तुलनामा बढेको निरन्तर चेकजाँच गर्ने स्थलहरुमा यात्रुबाहक, मालबाहक र निजी सवारी साधनमा कडाईका साथ चेकिंग गर्न ट्राफिक प्रहरीसँग समान्वय गरिएको छ ।

शंकास्पद व्यक्तिलाई सोधपुछ र निगरानी गर्दै पछिल्लो समय भन्दा अहिले लागुऔषध ओसारपसारमा संलग्न रहेका आठ वटा मुद्दा दर्ता भएको छ । चाडपर्वलाइ मध्यनजर गर्दै लागुऔषध र मानव बेचविखन रोक्ने उद्देश्यका साथ विभिन्न विद्यालयहरुमा कार्यक्रम संचालन गरिएको छ ।

आउने दिनमा नगरपालिकासँग सहकार्यगरि दिनमा ३ घण्टासम्म बजार लगायत अन्य क्षेत्रमा नागरिक जनचेतना कार्यक्रम संचालन गर्ने र शान्ति सुुुरक्षा कायम गर्न हरेक सम्भव उपाय अपनाउन आफूहरू सधैँ तयार रहेको कुरा इलाका प्रहरी कार्यालय कृष्णनगरका प्रहरी निरिक्षक प्रताप पौडेलले जानकारी दिए ।

साथै दशैँ तिहारमा सवारी दुर्घटना कम गर्न र यात्रु हरुलाई सहयोग पुर्याउने उद्देश्य का साथ कृष्णनगर नगरपालीका वडा नं १ बसपार्कमा यात्रु सहायता कक्षको स्थापना, दैनिक रुपमा सवारी साधन चेकजाँचमा कडाई गरिएको, मादक पदार्थ सेवन गरि सवारी चलाउने हेल्मेट नलगाउने सवारी चालक अनुमती पत्र बिना सवारी चलाउने मोटरसाईकलमा ३ जना बस्ने जस्ता कार्य नियन्त्रण गरिरहेको तथा स्कुलका विधार्थी र सवारी चालकहरुलाई समेत प्रशिक्षण दिईएको ।

ओभर स्पिड र लापरवाही साथ सवारी साधन चलाउनेलाई पनि कार्वाही गरिएको कुरा कृष्णनगर ट्राफिक प्रहरीका प्रहरी सहायक निरिक्षक निरज गौतमले जानकारी दिएका छन् ।