११ मंसिर २०८३, शुक्रबार

प्रतिबन्धित डेढ लाख भारतीय रुपैयाँसहित पक्राउ

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौँ, ७ असोज । काठमाडौँ महानगरपालिका १४ बल्खुबाट प्रतिबन्धित भारतीय रुपैयाँ १ लाख ५० हजार सहित २ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा भक्तपुर बस्ने भारत बेतिया घर भएका ३० वर्षीय प्रमेन्द्र दास र २८ वर्षीय हर्मेन्द्र दास रहेका छन् ।

महानगरीय प्रहरी वृत्त कालीमाटीबाट खटिएको प्रहरीले बा.१ ज ७४९१ नम्बरको वीरगंज काठमाडौं चल्ने टाटा सुमो जिपमा सवार प्रमेन्द्रलाई प्रतिबन्धित ५ सय दरका २ सय थान भारतीय रुपैयाँ र हर्मेन्द्रको साथमा ५ सय दरको १ सय थान गरी उक्त भारतीय रुपैयाँसहित फेला पारी पक्राउ गरेको हो ।

घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।