११ मंसिर २०८३, शुक्रबार

यी हुन् नेकपा र चिनियाँ कम्युनिष्ट पार्टीबीच भएका ६ समझदारी

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ७ असोज । नेपाल कम्युनिस्ट नेकपा र चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) बीच ६ बुँदे समझदारीमा हस्ताक्षर भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको उपस्थितिमा नेकपा विदेश विभाग प्रमुख माधवकुमार नेपाल र सीपीसीका विदेश विभाग प्रमुख सोङ ताओबीच मंगलबार ६ बुँदे समझदारी भएको हो ।

सम्झौतामा आगामी पाँच वर्ष उच्चस्तरीय सहकार्य गर्ने उल्लेख गरिएको छ । त्यस्तै उच्चस्तरका राजनैतिक भ्रमणहरु गर्ने तथा वैचारिक राजनीतिक छलफललाई तीब्र बनाउने समझदारीमा उल्लेख छ ।

यस्ता छन् समझदारीका ६ बुँदा :

१.उच्चस्तरीय भ्रमण

२. कार्यकर्ता तहको अध्ययन भ्रमण वृद्धि

३. पार्टी पार्टी अनुभव आधारित सहयोग आदान प्रदान

४. युवा र स्थानीय नेताहरूबीच भ्रमण आदान प्रदान

५. जनस्तरको सम्बन्ध (बुद्धिजीवी, नागरिक संस्था, मिडिया) अभिवृद्धि

६. विचार सिद्धान्तमा आधारित वार्षिक कार्यक्रम सञ्चालन