११ मंसिर २०८३, शुक्रबार

गुन्डा नाइके समिरमान बस्नेत पत्नी माया शेरचनको अर्को अफेयरको चर्चा

1.4k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ७ असोज । निर्माण व्यावसायी महासंघका तत्कालिन अध्यक्ष शरद गौचनको हत्याका मुख्य अभियुक्त भनिएका गुन्डा नाइके समिरमान बस्नेतकी पत्नी माया शेरचनको अर्को अफेयरको चर्चा चलेको छ ।

केन्द्रीय कारागारको गोलघरमा रहेका बस्नेतको अपराधकर्ममा शेरचनको पनि सहयोग रहँदै आएको प्रहरीले बताइसकेको थियो ।

बस्नेत जेलमा रहेपछि शेरचन अर्कासँगको अफेयरमा रहेका जानकारी विभिन्न व्यक्तिले सामाजिक सञ्जालमा राखेका तस्बिरबाट प्रस्टिन आएको हो । प्रहरीको निगरानीमा नै रहेकी शेरचनको नयाँ सम्बन्धबारे प्रहरीले पनि चासोका साथ जानकारी राखेको छ ।

कारागारमा बिभिन्न मुद्दामा सजाय भोगी छुट्न तयार भएका अन्य आपराधिक व्यक्तिलाई पछिल्लो समय बस्नेतले प्रयोग गर्दै आएको तथ्य प्रहरीले फेला पारेको थियो । बस्नेतका हरेक क्रियाकलापबारे प्रहरीले अहिले पनि निगरानी गरिरहेको छ ।

कतिपयले बस्नेतले पत्नी शेरचनसँग डिभोर्स गरेको पनि बताएका छन् । तर त्यसलाई नाटकीय शैलीका रूपमा पनि बुझिने गरेको बताइन्छ ।

लागूआषैध मुद्दामा कैद भुक्तान गरी पाँच महिना अगाडीमात्र थुना मुक्त भएका जेम्श गुरुङ अहिले उनका मुख्य सहयोगी रहेको स्रोत बताउँछ । ललितपुरको नख्खु कारागारमा उनको भेट बस्नेतसँग भएको थियो ।

गुरुङले केही समय अगाडि कानुनी रुपमा डिर्भोस भएकी मायाको फोटो फेसबुकमा ‘माई लाईफ’ भनी माया शेरचनको तस्बिर राखेका थिए ।

समिरसँग डिर्भोस गरेर अर्कोसँग बिहे गरिसकेको भन्ने भ्रम र्छन उक्त फोटो अपलोड भएको बुझाई प्रहरीको छ ।

गुरुङ उनै व्यक्ति हुन् जो नख्खु कारागारमा रहँदा बस्नेतलाई खाना पकाएर खुवाउनेदेखि लुगाफाटो समेत धुलाईदिने काम गर्दै आएका थिए ।

प्रहरीले मायामाथि पनि निगरानी बढाएपछि बस्नेतकै योजनामा फोटो अपलोडको नाटक मञ्चन गरिएको हुन सक्ने पनि बताइएको छ ।

बस्नेतसँगको अपराध कर्ममा मायाको भूमिका के थियो ?

महानगरीय अपराध महाशाखाको टोलीले शेरचनलाई कात्तिक २०७५ मा काठमाडौंबाट पक्राउ गरेको थियो । गौचनको हत्यामा प्रयोग गरिएको पेस्तोल सूटरलाई दिने र पछि फिर्ता लिएको अभियुक्तहरूको बयानका आधारमा शेरचनलाई अनुसन्धानका लागि पक्राउ गरिएको थियो ।

१२ कात्तिक, ०७५ मा पक्राउ गरिएका लोप्साङ लामा, अम्बरबहादुुर राना र रोशन बुढाथोकीको बयानले शेरचनलाई उम्किन दिएन । यी अभियुक्तले हत्यामा मायाको संलग्नता रहेको बयान प्रहरीलाई मात्र होइन, अदालतमा पनि दिएका थिए । बयानको आधारमा जिल्ला अदालत काठमाडौंबाट पक्राउ पूर्जी पाएपछि महाशाखाले शेरचनलाई समात्यो ।

मायाको संलग्नता गौचन हत्या, गुण्डा नाइके दावामा लामामाथि गोली प्रहार, युवा संघ रुपन्देहीका तत्कालीन अध्यक्ष दुर्गा तिवारीको हत्या लगायतमा पनि देखिएको प्रहरीले त्यसैबेला अनुसन्धानमा खुलाएको थियो ।

दावालाई गोली हान्दा सीतापाइलामा अम्बरबहादुर रानालाई पेस्तोल दिने माया नै रहेको दाबी गरिएको थियो । अम्बरले बयानका क्रममा भने,‘दावालाई गोली हानेपछि शेरचनलाई पेस्तोल फिर्ता गरियो ।’

शेरचनले त्यसबेला पति बस्नेतको इन्काउन्टर तयारी भएको भन्दै अदालतमा रिट पनि हालेकी थिइन् । तर, पतिको अपराध कर्ममा उनको पनि प्रत्यक्ष र परोक्ष संलग्नता पुष्टी गर्दै प्रहरीले पक्राउ गरी अनुसन्धान गरेको थियो । तारेखमा शेरचन छुटेकी थिइन् ।