५ कार्तिक २०८३, बिहिबार

नयाँ व्यवसाय प्रवर्द्धन गर्न मेगा र आइडिया स्टूडियोबीच सम्झौता

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ७ असोज । मेगा बैंक नेपाल लिमिटेड र आइडिया स्टूडियो नेपालबीच नयाँ सोचका साथ व्यवसाय गर्न चाहने युवा तथा महिला उद्यमीहरुको प्रवर्द्धनका लागि सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

युवाहरुमा रहेको व्यावसायिक सोचलाई उद्यमशिलतासँग जोडेर उद्यमी बन्न प्रेरित गर्ने उद्देश्यले मेगा बैंक र आइडिया स्टूडियोबीच सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।

सम्झौता पत्रमा मेगा बैंकका सिइओ अनुपमा खुञ्जेली र आइडिया स्टूडियो नेपालका अध्यक्ष डा. छिरिङ लामाले हस्ताक्षर गरे । सम्झौताले व्यवसाय गरिरहेका तथा नयाँ सोचका साथ व्यवसाय गर्न इच्छुक युवा एवं महिला उद्यमीहरु लाभान्वित हुने विश्वास गरिएको छ ।

यसका साथै साना मझौला व्यवसाय गरिरहेका तथा गर्न इच्छुक महिला उद्यमीहरुको व्यवसाय प्रवद्र्धन गर्न मेगा बैंकले सहुलियत कर्जामा बैंकिङ सुविधा प्रदान गर्ने भएको छ ।

बैंकको नीति अनुसार धितो वा धितो बिना पनि कर्जा प्रवाह गरिने सम्झौता पत्रमा उल्लेख छ । यसैगरी, आइडिया स्टूडियो नेपालले नयाँ सोच भएका युवा तथा महिलाहरुलाई बैंकिङ पहुँच पुर्याउन मद्दत गर्नेछ ।