११ मंसिर २०८३, शुक्रबार

नवलपुर दुर्घटना अपडेट : ६ जनाको मृत्यु, ३ काे सनाखत, २० घाईते

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


-बिजय चालिसे
नवलपुर, ७ असोज । नवलपुरको कावासोती र मध्यविन्दुमा भएको सवारी दुर्घटनामा ६ जनाको मृत्यु भएको छ भने २० जना घाईते भएका छन् । कावासोती नगरपालिका ८ को खरकट्टा जंगलमा गएराति ट्रकले कारलाई ठक्कर दिँदा कारमा सवार सबै ५ जनाको मृत्युु भएको हो ।

पुर्व–पश्चिम राजमार्गको खरकट्टा जंगलमा पश्चिमबाट पुर्व तर्फ जाँदै गरेको लु १ ख ८५३२ नम्बरको ट्रकले विपरित दिशाबाट आउदै गरेको बा २१ च ६४०९ नंम्बरको कारलाई ठक्कर दिँदा कारमा सवार ५ जना पुरुषहरुको मृत्युु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी निरिक्षक राजेन्द्र अधिकारीले जानकारी दिए ।

मृत्यु हुने मध्ये नवलपुरको देबचुली नगरपालिका १ केउरेनी बस्ने ३५ वर्षीय दिपक भनिने पूर्ण बहादुर बि.क, देवचुली ५ बस्ने दिल बहादु ढेगाँ मगर र कैलालीका सुरज राना मगरको मात्रै सनाखत भएको छ । अन्य २ जनाको सनाखत हुन सकेको छैन ।

दुर्घटनामा गम्भीर घाइते ५ जनाकै उद्धार गरी सरकारी अस्पताल चितवन पठाईएको र उपचारकै क्रममा सबैको मृत्युु भएको प्रहरी निरीक्षक अधिकारीले बताए ।

यता, मध्यविन्दु नगरपालिका १० जंगलमा दाङबाट काठमाडौं जाँदै गरेको ना ७ ख ८६४२ नम्बरको बस दुर्घटना हुँदा एक जनाको मृत्यू भएको छ भने बसमा सवार १५ जना घाइते भएका छन् ।

मृत्यु हनेमा मकवानपुर जिल्ला हेटौडा घर बताउने बस चालक ३५ बर्षीय लक्ष्मण तिमिल्सिना रहेका छन् । उनको पुरानो मेडिकल कलेज भरतपुरमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

बस आफै अनियन्त्रित भै सडक छेउमा पल्टन पुगेको प्रहरीले जनाएको छ ।

घाइतेहरुको कावासोतीको नवलपुर अस्पताल, कालीगण्डकी अस्पताल र चितवनको पुरानो मेडिकल कलेजमा उपचार भईरहेको छ ।