दाङ, ७ असाेज । घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान एक महिनादेखि ठप्प भएकाे छ ।
प्रतिष्ठानमा कार्यरत चिकित्सक आन्दोलनमा उत्रिएपछि सेवा प्रभावित बनेको हो । आपतकालीन सेवाका लागि दैनिक ८०/९० बिरामी आउने भए पनि उनीहरूलाई रिफर गरिँदै आएको छ । विशेषज्ञ चिकित्सक अभावमा बिरामी भर्ना बन्द छ ।
प्रसूति, इन्डोर, शल्यक्रिया विभाग सुनसान छन् । त्यहाँ कार्यरत नर्स फुर्सदिला छन् । राप्ती उपक्षेत्रीय अस्पताल हुँदा मासिक चार सय सुत्केरी हुने गरेको प्रसूति वार्ड अहिले खाली छ ।
पहिले एउटै शय्यामा तीन जनासम्म सुत्केरी राख्ने गरिएकामा अहिले सबै खाली छन् । आइतबार अनुगमनका क्रममा सबै शय्या खाली भेटिएको मानव अधिकार सञ्जालका जिल्ला संयोजक केशवकुमार शर्माले बताए ।
‘बिरामी भर्ना हुने वार्डका सबै शय्या खाली छन् । वार्डको ढोका बन्द छ । भित्र पस्दा गन्ध आउँछ,’ उनले भने, ‘पोषण पुन:स्थापना कक्ष र बालबालिका कक्ष बन्द छन् । उपचार गर्ने डाक्टर छैनन् ।’











प्रतिक्रिया