
काठमाडौँ, ६ असोज । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको अध्यक्ष मण्डलको संयोजकमा फेरि महन्थ ठाकुर चयन भएका छन् ।
ठाकुरले आज सोमबारदेखि लागू हुने गरी अध्यक्ष मण्डलको संयोजकको जिम्मेवारी सम्हालेका हुन् ।
आइतबार पार्टीको केन्द्रीय कार्यालय बबरमहलमा बसेको बैठकले अध्यक्ष मण्डलको संयोजकमा पार्टी विधानअनुसार आलोपालो प्रणालीअनुसार ठाकुरलाई जिम्मेवारी दिइएको निवर्तमान संयोजक राजकिशोर यादवले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
महन्थ ठाकुरले यसअघि पनि संयोजक चलाइसकेका छन् ।











प्रतिक्रिया