४ कार्तिक २०८३, बुधबार

कबीरपछि शाहिदकाे मूल्य बढ्याे

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मुम्बइ । ‘कबीर सिंह’को लोभलाग्दा कीर्तिमानी सफलतापछि अभिनेता शाहिद कपुरले कुन नयाँ सिनेमा गर्दैछन् भन्ने बारेमा हालसम्म कुनै ठोस समाचार बाहिरिएको छैन् ।

केही समय पहिले उनले दक्षिण भारतीय अभिनेता नानीको सुपरहिट सिनेमा ‘जर्सी’मा अभिनय गर्ने कुरा बाहिरिएको थियो ।

ठोस खबर नबाहिरिएपनि शाहिद यसै सिनेमाको तयारीमा व्यस्त रहेको बताइन्छ। यस सिनेमालाई अमन गिल, अल्लु अर्जुन तथा निर्माता दिल राजु मिलेर निर्माण गर्दैछन् ।

यस सिनेमाका लागि शाहिदले ठूलो धनराशीमा पारिश्रमिक लिएको बताइन्छ। निर्मातासँग उनले पारिश्रमिक स्वरूप ३५ करोड भारू र सिनेमाको मुनाफाको २० प्रतिशत लिने सम्झौता भएको जनाइएको छ।

नोभेम्बरबाट सिनेमा फ्लोरमा जानेछ। स्पोर्टस ड्रामा जनरामा निर्माण हुने सिनेमामा शाहिदलाई एक क्रिकेट खेलाडीको भूमिकामा देखिनेछ ।