११ मंसिर २०८३, शुक्रबार

चितवनको शहीद स्मृति क्याम्पसमा व्यापक भ्रष्टाचार, अख्तियारमा पर्‍याे  उजुरी

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


चितवन, ५ असोज । चितवनको रत्ननगर, टाँडीमा रहेको शहीद स्मृति बहुमुखी क्याम्पसमा व्यापक अनियमितता र भ्रष्टाचार भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ ।

नेपालकै दोश्रो ठूलो सामुदायिक क्याम्पस तथा चितवनकै एक प्रतिष्ठित शैक्षिक संस्थाको रुपमा सो क्याम्पस चिनिँदै आएको छ ।

क्याम्पसमा निर्माण भएका विभिन्न कार्यहरुको प्रक्रिया विना भुक्तानी दिइएको, क्याम्पस प्रमुखको राजीनामा र निमित्त क्याम्पस प्रमुखका सन्दर्भमा पनि अख्तियारमा उजुरी परेको छ ।

क्याम्पस प्रमुखले अधिकार क्षेत्र भन्दा बाहिर कार्य गरेको, विभिन्न क्षेत्रबाट प्राप्त बजेट प्रक्रिया विना नै खर्च भुक्तानी गरेको आरोप समेत उजुरीमा रहेको छ ।

क्याम्पस प्रमुखले गत चैत्र १७ गते राजीनामा दिएपछि पुनः क्याम्पसमा गई नियम विपरीत विभिन्न कार्य गरी व्यापक अनियमितता गरेको सो उजुरीमा उल्लेख छ ।

त्यसैगरी क्याम्पस संचालक समितिको कार्य अवधि गत जेठ १७ गते सकिए पनि सो समितिले नियम विपरीत लाखौँ रकम दुरुपयोग गरेको उजुरीमा उल्लेख छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग काठमाण्डौँमा सो उजुरी आइतबार दर्ता भएको हो । सो उजुरीको दर्ता नं. सी ८१२९ रहेको छ ।