४ कार्तिक २०८३, बुधबार

टोरन्टो फेस्टिभलमा गइनन् जायरा वासिम

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मुम्बई । जायरा वासिमले बलिउडमा चलचित्र ‘सेक्रेट सुपरस्टार’मा काम गरेपछि उनको चर्चा खुबै भएको थियो । उनले केही वर्षमा नै बलिउड छाड्ने निर्णय गरिन् । उनले आफ्नो धर्मलाई कारण बनाउँदै बलिउड छाड्ने निर्णय गरेकी थिइन् ।

जायराले अभिनय गरेको चलचित्र ‘दि स्काई इज पिंक’को प्रिमियर क्यानडाको टोरन्टोमा भयो । ‘टोरन्टो इन्टरनेशनल फिल्म फेस्टिभल’मा यो चलचित्र प्रदर्शन भएको थियो । जसमा, चलचित्रका मुख्य नायक, नायिका र निर्देशक पुगेका थिए ।

जाइरा यो भव्य समारोहमा उपस्थित भइनन् । उनका लागि यो एउटा ठूलो अवसर थियो । चलचित्रकी निर्देशक सोनाली बोसले जायरालाई यो महोत्सवमा उपस्थित गराउनका लागि सक्दो प्रयास गरेकी थिइन् ।

यो उनको करिअरका लागि नै महत्वपूर्ण क्षण थियो । तर, जायरा यो शोमा उपस्थित हुन मानिन् । जायराले बलिउड पूर्ण रुपमा छाडिसकेकी छिन् । उनी, अहिले आफ्नो घर काश्मिरमा छिन् ।

जाइरा कार्यक्रममा सहभागी नहुँदा उनको विषयमा थुप्रै प्रश्नहरु पनि सोधिएका थिए । दर्शकले पनि उनको उपस्थिती नहुनुको कारणबारे सोधपुछ गरेका थिए । एजेन्सी