बेनी, ५ असाेज । म्याग्दी जिल्लाकाे बेनी नगरपालिका–२ ज्यामरुककोटको कोटखोलामा आएको बाढी शनिबार राति बस्तीमा छिरेपछि भागदौड हुँदा २ जना बालिका सम्पर्कविहीन भएका छन् ।
बगरफाँट बस्ने पार्वती परियारकी १० वर्षीया छोरी प्रवीना परियार र अनिता परियारकी ६ वर्षीया छोरी अनुस्का परियार सम्पर्क विहीन भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।
बाढीका कारण बगरफाँटका रेशम जुग्जाली र विष्णु परियारको एकतले टिनले छाएको तथा ब्लकले बनाएको घर भत्केको प्रहरीले जानकारी दिएको छ ।
खोलामा आएको बाढी बस्तीमा पसेर क्षति पुर्याउन थालेपछि भागदौड हुँदा २ जना बालिका सम्पर्कविहीन भएको प्रहरीको भनाइ छ । सम्पर्कविहीन बालिकाको खोजी भइरहेको प्रहरीले जनाएको छ ।











प्रतिक्रिया