संखुवासभा, ५ असाेज । मंगलबार राति अरुण नदीमा ६ जना बाेकेकाे जिप दुर्घटना हुँदा बेपत्ता यात्रु र जिप पत्ता नलागेपछि गोताखोर टोलीले फकिएको छ ।
गोताखोर टोलीले तीन दिनसम्म खोजी गर्दा पनि बेपत्ता यात्रु र जिप पत्ता नलागेपछि काठमाडाैं फर्किएको छ ।
बेपत्ता जिप र यात्रुको खोजी गर्न विहीबार गोताखोरको टोली घटनास्थल आइपुगेको हो ।
शनिबार पनि माथिल्लो क्षेत्रमा निरन्तर वर्षा कारण अरुण नदीको बहाव उच्च र धमिलो भएको छ । बेपत्ताको खोजी गर्न नयाँ प्रविधि नभएका कारण खोजी कार्यमा समस्या भएको टोलीले जनाएको छ ।
बेपत्ता यात्रुको खोजी चितवनबाट सशस्त्र प्रहरीका वरिष्ठ हवलदार बलराम अधिकारीको कमाण्डमा ४ जना गोताखोरको टोली घटना स्थल संखुवासभा आइपुगेका थिए ।
उनीहरू बिहीबार दिउँसो सेनाको हेलिकोप्टरबाट तुम्लिङटार आएका हुन् । गोताखोर टोलीले शनिबार पनि बेपत्ता यात्रु र जिप पत्ता लगाउन नसकेपछि काठमाडाैं फर्किएको प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद दुलालले जानकारी दिए ।











प्रतिक्रिया