
काठमाडौँ, ४ असोज । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता बामदेव गौतमले कास्की २ बाट चुनाव नलड्ने प्रस्ताव अघि सारेका छन् ।
शनिबार बसेको नेकपा सचिवालय बैठकमा गौतमले उपचुनाव नलड्ने प्रस्ताव राखेका हुन् । यद्यपि यसबारे छलफल गरेरमात्रै टुंगोमा पुग्ने स्रोतले जनाएको छ ।
तत्कालीन पर्यटनमन्त्री रवीन्द्र अधिकारीको १५ फागुनमा हेलिकोप्टर दुर्घटनामा मृत्युपछि रिक्त भएको कास्की २ मा उपचुनाव हुँदैछ ।
स्रोतकाअनुसार पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली लगायतका नेताले चुनाव लड्न भनेका थिए ।
तर गौतम एकाएक पछि हटेका छन् ।
यदि नेकपाले गौतमको प्रस्ताव स्वीकार गरेमा अधिकारी पत्नी विद्या भट्टराई उम्मेदवार बन्ने सम्भावना रहन्छ । उनी अखिलकी पूर्व नेतृ समेत हुन् ।











प्रतिक्रिया