
काठमाडौँ, ४ असोज । दशैँका लागि भोलि (असोज ५ गते)देखि अग्रिम बस टिकट बुकिङ खुल्ने भएको छ ।
यातायात व्यवस्था विभागअनुसार दशैँ तिहारमा नयाँ भाडा नबढ्ने र प्रचलित भाडाअनुसार नै टिकट बुकिङ हुने जनाएको छ ।
यसपाली नयाँ यातायात थपिएको छैन ।
आइतबारबाट लामो दूरीमा चल्ने बसको अग्रिम टिकट बुकिङ सुरू हुन लागेको हो ।
अग्रिम टिकट नयाँ बसपार्क, कलंकी, कोटेश्वर, गौशाला र बालाजुलगायतका स्थानबाट खुला हुनेछ ।
नागरिक सहायताको लागि विभिन्न १४ स्थानमा नागरिक सहायता कक्ष खोलिने भएको छ ।











प्रतिक्रिया