११ मंसिर २०८३, शुक्रबार

देउवामाथि पूर्वडिआइजी सिलवालको खरो कटाक्ष

1.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ४ असोज । प्रमुख प्रतिपक्षी दलका नेता कांग्रेस सभापति शेरबहादुर देउवामाथि नेकपा सांसद तथा पूर्वडिआइजी नवराज सिलवालले खरो कटाक्ष गरेका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार गरेको व्यंग्यप्रति इंगित गर्दै सिलवालले देउवाको तस्बिर राख्दै सामाजिक सञ्जालमा लेखेका छन्,‘पुलिसमा राजनीति, अदालतमा राजनीति पूर्वप्रधानमन्त्री समेत रहेका माननीय शेरबहादुर देउवाजीले गर्नुभएको हो । सम्माननीय राष्ट्रपतिसमक्ष आवेश पोखेर होइन, सुझबुझपूर्ण संस्थाहरू निर्माण र मुलुकको समृद्धि अभियानमा रचनात्मक भूमिका निर्वाह गर्नुस् ।’

तत्कालिन नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री भएका बेला गठबन्धन सरकारमा रहेका सभापति देउवाले नेपाल प्रहरीको महानिरिक्षकका बेला सिलवालको बाटो छेकेका थिए ।

सोही प्रकरणमा तत्कालिन प्रधानन्यायाधीश सुशीला कार्कीमाथि महाअभियोग दर्ता गराउन पनि निर्णायक भूमिका खेलेको संकेत गर्दै सिलवाल लेख्छन्,‘हिजोका तपाईका अर्कमण्यताहरूबाट नागरिक संस्थाहरूमा भएको राजनीतिकरणका विषयमा सार्वजनिक माफी माग्नुहोस् ।’