
काठमाडौं, ४ असोज । नेपाली सेनाको कालीध्वज गण नवलपरासीमा कार्यरत हवल्दार बमबहादुर घर्तीसँगको अनैतिक सम्बन्ध लुकाउन रामग्राम नगरपालिका–३ निवासी सरस्वती पोखरेलले पति रवीन्द्र पाण्डेयको हत्या गरेको खुलेको छ ।
१५ दिनदेखि बेपत्ता तारा भनिने पाण्डेयको खोजतलासको क्रममा शुक्रबार घरछेउकै हरिसुशील आधारभूत विद्यालयको सेफ्टीट्याङ्कीमा सडेको अवस्थामा लास फेला परेपछि हत्याको कारण खुलेको हो ।
३५ वर्षीया पोखरेल र हवल्दार घर्ती मिलेर पाण्डेयको हत्या गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ ।
घर्ती र मृतक पाण्डेयकी पत्नीमाथि थप अनुसन्धान जारी रहेको बताइएको छ । पोखरेलले घर्तीसँग आफ्नो अतिरिक्त सम्बन्ध रहेको र त्यसैलाई लुकाउनका लागि पतिको हत्या गरिएको बयान दिएकी छन् ।











प्रतिक्रिया