४ कार्तिक २०८३, बुधबार

सजिलो उत्तर दिन नसक्दा सोनाक्षीको मजाक उडाइयो

826
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं। बलिउड अभिनेत्री सोनाक्षी सिन्हाले सामान्य प्रश्नको उत्तर दिन नसक्दा मजाक उडाइएको छ ।

कौन बनेगा करोडपतिको ११ औं संस्करणमा एक जना राजस्थानी महिला उदमी रुमा देवीको सहयोगीका रुपमा उनी आएकी थिइन् ।

रामायणका अनुसार हनुमानले हिमालयबाट कसका लागि जडिबुटीको पहाड नै लिएर आएका थिए भन्ने प्रश्नमा उत्तरका चार अप्सन थिए । सुग्रिव, लक्ष्मण, सीता र राम भन्ने अप्सनमा सोनाक्षीले लक्ष्मण भन्न सकिनन् र लाइफाइनको प्रयोग गरेकी थिइन् ।

जसको सही उत्तर लक्ष्मण हो । यति सजिलो प्रश्नमा सहयोग गर्न नसकेका कारण सोनाक्षीलाई ट्वीटरमा ट्रोल गरिएको छ ।