
बाँके, ४ असोज । संविधान जलाएको आरोपमा थारू कल्याणकारी सभा बाँकेका अध्यक्ष विनोद थारु सहित तीन जनालाई प्रहरीले कोहलपुरबाट पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक हेमबहादुर शाहीका अनुसार संविधान दिवसका दिन संविधान जलाउन खोजेकाले पक्राउ गरिएको हो ।
संविधानका केही धारा–उपधारा संशोधनको माग गर्दै संविधान जालउनेमाथि कानुनी कारबाहीको प्रक्रिया अघि बढाइने प्रहरीले जनाएको छ ।











प्रतिक्रिया