११ मंसिर २०८३, शुक्रबार

संविधान र सरकारको विरोध गर्नेहरू मुठ्ठीभरका स्वार्थी तत्व, मन्त्रीले देखाए हर्कत

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ४ असाेज । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता एवम् सांसद कृष्णभक्त पोखरेलले संविधानको विरोध गरेर सरकारलाई समस्यामा पार्नेहरूको स्वार्थको विरोध गरेका छन् ।

नेपाली रेडियो नेटवर्कमा शनिबार बिहान कुरा गर्दै नेता पोखरेलले संविधान कार्यान्वयन गर्ने बेला झिनामसिना कुरा गरेर केही स्वार्थी तत्वले सरकारलाई अफ्ठ्यारो पारेको बताए । ‘मुठ्ठीभरको विरोधी आवाजले केही हुँदैन’, उनले भने, ‘संविधान कार्यान्वयन गर्ने बेला हो । यसको विरोध आवस्यक छैन ।’

केही तत्वले संघीयताको संख्या बढाएर सत्तामा पुगेर हालीमुहाली गर्न चाहेको नेकपाका नेता पोखरेलले आरोप लगाए । ‘संघीयताको संख्या बढाउनु हुँदैन’, उनले भने, ‘आर्थिक संकट आउन सक्छ । एउटा तत्व संविधान संशोधन गरेर संघीयताको संख्या बढाउन लागेको छ । त्यो समूहको स्वार्थका कारण आर्थिक संकट पर्न सक्छ ।’

सरकारले राम्रो काम गरेको बताएका नेता पोखरेलले केही कमीकमजोरी भएको छ भने सुधार गरेर जान सकिने बताएका छन् । ‘कमजोरी छ भने सुधार गर्न सकिन्छ’, उनले भने, ‘सरकारले राम्रो काम गरेको छ ।’

संविधान दिवसका दिन संविधानको विरोध गर्नेहरूप्रति नेकपाका नेता पोखरेल रिसाएका थिए । उनले संविधानको विरोध गर्नेहरू मुलुकमा कहिल्यै पनि विकास नचाहने तत्व रहेको बताए ।

संविधान संशोधनको कुरालाई उनले धेरै महत्व दिन नहुने बताए । आवश्यक पर्‍यो भने संविधान संशोधन गर्न सकिने भन्दै पोखरेलले अहिले नै संशोधन आवश्यक नरहेको बताए ।

सरकारमा बसेर आफै विरोध प्रदर्शन गर्ने प्रदेश २ का मन्त्रीहरूको पनि उनले आलोचना गरे । प्रदेश २ का मन्त्री जितेन्द्र सोनल आफै टाउकामा कालोपट्टी बाँधेर प्रदर्शनमा उत्रिएका थिए ।