४ कार्तिक २०८३, बुधबार

कार्टुन क्रुका सरोज र आश्मा फिचर्ड शिव परियारको ‘भेट हुँदा’ मा भिडियो सार्वजनिक

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ३ असोज । चर्चित गायक शिव परियारको स्वर रहेको गीत ‘भेट हुदाँ’को म्यूजिक भिडियो सार्वजनिक भएको छ । उक्त गीतलाई शिव परियारको सफल गीत ‘मंगली’को दोस्रो भाग ‘मंगली २’ को रुपमा लिइएको छ ।

गीतमा प्रहाल्द शाहको शब्द रहेको छ भने सोही गीतमा शंकर थापा ‘स्माइल’को सङ्गीत रहेको छ । ‘भेट हुदाँ’ बोलको गीतको भिडियोलाई शान थापाले निर्देशन गरेका हुन् भने भिडियोमा ‘कार्टुन क्रुज’का दुई मुख्य कलाकार सरोज अधिकारी र आश्मा विश्वकर्माको अभिनय रहेको छ ।

फिल्मी स्टाइलमा तयार गरिएको भिडियोमा गम्भिर विष्टएको नृत्य निर्देशन रहेको छ भने बुद्ध थापाले खिचेका हुन् । विकास ज्ञावलीले सम्पादन रहेको भिडियोलाई डश म्युजिक नेपालको अफिसियल युट्युबमार्फत बिहिबार साझ सार्वजनिक गरिएको हो ।