११ मंसिर २०८३, शुक्रबार

बाबुछाेराकाे हत्या आराेपमा एकजना पक्राउ

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

स्याङ्जा, ३ असोज । बाबुछोराको हत्या गरेको आरोपमा प्रहरीले एकजनालाई गरेको छ । स्याङ्जाको हरिनास गाउँपालिका–३ ललहीका दान बहादुर मल्ल (दीपक) लाई स्याङ्जा प्रहरीले पक्राउ गरेको हो ।

गत भदौ १७ गते गाउँकै ३० वर्षीय चित्र बहादुर खड्का (गोरे) ४ वर्षीय छोरा रिजन खड्काको हत्याको अभियोगमा मल्ललाई प्रहरीले पक्राउ गरेको हो ।

मृतक खड्का श्रीमती अनिता खड्काको किटानी जहेरी र अनुसन्धान गर्दा नाबालकको सहित २ जनाको हत्यामा मल्लको संलग्नता भेटिएको प्रहरीले बताए ।

प्रहरीले घट्नाका क्रममा प्रयोग भएको खुकुरी समेत बरामद गरेको थियो भने घाँटी र शरिरमा धारिलो हतियार प्रहार गरी हत्या भएको पोष्टमार्टम रिपोर्ट देखाएको छ ।

पक्राउ परेका मल्ललाई जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान सुरु गरिएको छ ।