
धनुषा, ३ असोज । बम राखिएको हल्ला फैलिएपछि प्रहरीले जानकी मन्दिर प्रवेशमा रोक लगाएको छ । धनुषा प्रहरीका अनुसार मन्दिरमा बम राखिएको सूचना आएपछि प्रवेशमा रोक लगाइएको हो।
शुक्रबार दिउँसो मन्दिरमा विस्फोटक पदार्थ रहेको सूचनापछि करिब २ घण्टासम्म मन्दिर प्रवेशमा रोक लगाइएको छ । मन्दिरमा बम राखिएको बारे प्रहरीलाई फोनमार्फत सूचना आएको र विस्फोटक पदार्थको पहिचान गर्न सादा पोसाकमा प्रहरी खटिएको थियो ।
मन्दिरमा बम राखिएको अफवाहले आसपासका व्यवसायी र स्थानीयबासी त्रसित भएका छन् । मन्दिर क्षेत्रको सुरक्षा व्यवस्था कडा बनाइएको धनुषा प्रहरीले जनाएको छ ।











प्रतिक्रिया