११ मंसिर २०८३, शुक्रबार

‘संविधान दिवस २०७६’ मा देशभर जे जे देखियाे (फाेटाे फिचर)

252
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ३ असोज । आज अर्थात् असोज ३ गते सरकार तथा विभिन्न संघसँस्थाद्धारा धुमधाम संविधान दिवस मनाइएको छ ।

संविधानसभाबाट ‘नेपालको संविधान २०७२’ जारी भएको चार वर्ष पुगेको उपलक्ष्यमा आज मुलुकभर आपसमा खुशियाली साटेर संविधान दिवस तथा राष्ट्रिय दिवस मनाइएको हाे ।

२०७२ साल असोज ३ गते जारी भएको नेपालको संविधान जनताको जनप्रतिनिधिद्धारा बनाइएको थियो । त्यसैको सम्झनामा देशैभर विभिन्न कार्यक्रम गरी संविधान दिवस मनाइएको छ ।

पूर्वदेखि पश्चिमसम्म सात वटै प्रदेशमा आजको उल्लासपूर्ण ढंगले हर्ष बढाइ गएिको छ ।

कतै प्रभातफेरी त कतै रंगौली आयोजना गरियो भने राजधानीको टुँडिखेलमा विभिन्न जातजातिको भेषभुषासहित साँस्कृतिक कार्यक्रम आयोजना गरिएको छ ।

त्यस्तै, टुँडिखेलमा आयोजित समारोहमा ‘संविधान दिवस तथा राष्ट्रिय दिवस २०७६’ लेखिएको ब्यानर नेपाली सेनाको हेलिकप्टरले प्रदर्शन गरेको थियो ।

त्यसैगरी, देशका सबै जिल्लामा कतै झाँकी त कतै नाचगान गरिएको छ भने कतै नेपालको झण्डा फहराईएको छ ।

अन्य तस्वीर हेर्नुहोस् :

तस्वीर : रासस