बिहीबार, ७ कार्तिक २०७६
DainikNepal.com
बिहीबार, ७ कार्तिक २०७६

सरकारले ६ सय ३४ जनालाई मानपदवी, अलंकार र पदक प्रदान गर्ने (नाम)

दैनिक नेपाल २०७६ असोज ३ गते १०:३३

काठमाडौं, ३ असाेज । सरकारले ६ सय ३४ जनालाई मानपदवी, अलंकार र पदक प्रदान गर्ने भएको छ ।

संविधान दिवसको अवसर पारेर ४ सय ५० जनालाई मानपदवी प्रदान गर्ने भएको हाे ।

महाउज्वजल राष्ट्रदीपबाट मरोणोपरान्त स्वर्गीय मदनमणि दीक्षित र रविन्द्रप्रसाद अधिकारीलई प्रदान गरिनेछ।

अलंकार प्राप्त गर्नेमा १५६ जना रहेका छन् । विभिन्न पदकबाट २८ जनालाई विभूषित गर्ने भएको छ ।

सुप्रसिद्ध प्रबल जनसेवाश्री सात जनालाई दिने भएको छ । प्रधानन्यायाधीश चोलेन्द्र सम्शेर जबरा, प्रधानमन्त्री केपी ओलीका निजी चिकित्सक दीव्या सिंह शाह, स्वर्गीय आङ छिरिङ शेर्पासहित चार विदेशी रहेका छन् । जसमा १ जना सिंगापुरको नेशनल युनिभर्सिटी अस्पतालका डाक्टर र ३ जना भारतीय रहेका छन् ।

प्रतिक्रिया
सम्बन्धित