सोमबार, २७ असोज २०७६
DainikNepal.com
सोमबार, २७ असोज २०७६

कामना सेवाकोे ओभर ड्राफ्ट कार्ड सेवा शुरू

दैनिक नेपाल २०७६ असोज ३ गते ८:५०

काठमाडौं, ३ असोज । कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो सेवा विस्तार गर्दै जाने क्रममा ओभर ड्राफ्ट कार्ड सुविधा समेत प्रदान गर्ने गरी यहि असोज २ गतेदेखि सेवा शुरू गरेको छ ।

बैंकका संचालक विश्वेश्वर सुवेदी र प्रमुख कार्यकारी अधिकृत प्रवीण बस्नेतले संयुक्त रुपमा उक्त सेवाको शुभारम्भ गरेका हुन् ।

प्रमुख कार्यकारी अधिकृत बस्नेतले ओभर ड्राफ्ट कार्डको महत्व र यसबाट ग्राहकहरूले प्राप्त गर्न सक्ने सुविधा र फाइदाका बारेमा प्रकाश पार्दै अब उपरान्त यस बैंकका ग्राहकहरुले उक्त कार्ड प्रयोग गरि उपलब्ध सीमासम्मको रकम झिक्न सक्नुका साथै सामान खरिद गर्दा पनि कार्ड प्रयोग गर्न सक्ने बताए ।

उनले कार्ड सुविधाको सञ्चालनबाट बैंकको व्यापार विस्तारलाई अझ तिव्रताका साथ अघि बढाउन सकिने समेत उल्लेख गरे ।

प्रतिक्रिया
सम्बन्धित