सोमबार, २७ असोज २०७६
DainikNepal.com
सोमबार, २७ असोज २०७६

नेकपाका पूर्वसांसद दाहालको निधन, पार्टी कार्यालयमा श्रद्धाञ्जलि दिइने

दैनिक नेपाल २०७६ असोज ३ गते ८:३२

काठमाडौं, ३ असोज । नेपाल कम्युनिस्ट पार्टी नेता एवम् पूर्वसांसद हरि दाहाल ‘बैरागी’ निधन भएको छ ।

दाहालको शुक्रबार बिहान निधन भएको आफन्तले जनाएका छन् । ब्रेनह्यामरेजका कारण लामो समयदेखि उपचार गराउँदै आएका दाहालको पार्थीव शरीरलाई अन्तिम श्रद्धाञ्जलिका लागि पार्टी कार्यालय धुम्रबाराहीमा राखिनेछ ।

दाहाल ०५१ मा नेकपा (एमाले) को तर्फबाट संखुवासभाबाट निर्वाचित सांसदका रुपमा संसदमा प्रवेश गरेका थिए ।

जलविद्युत क्षेत्रका अभियन्ताका रुपमा उनलाई धेरैले चिन्ने गर्छन् ।

शुक्रबार बिहान दाहालको पार्थिव शरीरलाई पार्टी केन्द्रीय कार्यालय धुम्रबाराहीमा १० बजेदेखि ११ बजेसम्म राखिनेछ । उनको शुक्रबार नै अन्तिम दाहासंस्कार गरिनेछ ।

प्रतिक्रिया
सम्बन्धित