बिहीबार, ७ कार्तिक २०७६
DainikNepal.com
बिहीबार, ७ कार्तिक २०७६

सरकारले २० हजार मेट्रिक टन चिनी विदेशबाट किन्ने

दैनिक नेपाल २०७६ असोज ३ गते ८:२४

काठमाडौं, ३ असाेज । सरकारले दसैं, तिहार, छठलगायत चाडबाडमा चिनी अभाव हुन नदिन सरकारी कम्पनीमार्फत २० हजार मेट्रिक टन चिनी आयात गर्ने भएको छ ।

सरकारका प्रवक्ता गाेकुल बाँस्कोटाका अनुसार खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडलाई १०/१० हजार मेट्रिक टन चिनी ५० प्रतिशत भन्सार महसुल छुटमा आयात गर्न स्वीकृति दिइएको छ ।

चाडपर्वका बेला व्यापारीले चिनीको कृत्रिम अभाव बनाई मूल्यवृद्धि गर्न सक्ने आशंका गर्दै सरकारले बजारमा हस्तक्षेप गर्न सरकारी कम्पनीमार्फत चिनी आयात गर्ने निर्णय गरेको बाँस्कोटाले बताएका छन् ।

प्रतिक्रिया
सम्बन्धित