बिहीबार, ७ कार्तिक २०७६
DainikNepal.com
बिहीबार, ७ कार्तिक २०७६

रुकुम पूर्वमा १ लाख ६५ हजार बराबरको म्याद नाघेका सामान बरामद

दैनिक नेपाल २०७६ असोज ३ गते ८:०९

रुकुम पूर्व, ३ असाेज । रुकुम पूर्वको सिस्ने गाँपालिका वडा न ५ र वडा नं ६ मा पर्ने धौलापहिरा, मैदान, कमलदह, बाउनथा, बाउनडेरा, चोकबजार र छिपृदह बजार अनुगमन गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय रुकुम पूर्वका साहेक प्रमुख जिल्ला अधिकारी श्ववणकुमार शाहको नेतृत्वमा एक टोलीले बजार अनुगमन गरेको हो । अनुगमनका क्रम्मा वडा नं ५ र वडा नं ६ का ८७ वटा पसलहरुबाट १ लाख ६५ हजार बराबरको म्याद नाघेका सामान बरामद गरिएको छ ।

जस्मा भदाै ३१ गते वडा नं ५ मैदान, कमलदह र छिपृदह बजारका २२ वटा पसलहरुबाट ५० हजार, असोज १ गते बाउनथान र चोकबजारका १६ वटा पसलहरुबाट ७५ हजार र असोज २ गते वडा नं ५ को धौलापहिरा वडा नं ६ को बाउनडेरा र वडा नं ६ कै छिपृदह बजारका ४९ वटा पसलहरुबाट ४० हजार गरी ८७ वटा पसलहरुबाट जम्मा १ लाख ६५ हजार बराबरको म्याद नाघेका सामानहरु बरामद गरिएको थियाे ।

बरामद सामानलाई जिल्ला उद्योग बाणिज्य संघमा राखिएको र केहि दिनमा एक सार्वजनिक कार्यक्रम गरि नष्ट गरिने, साहेक प्रमुख जिल्ला अधिकारी श्रवणकुमाार शाहले बताए । अनुगमनका क्रम्मा सबैभन्दा बढि बालबालिकाले रुचाउने जुमफुट खानेकुाराहरू भेटिएको शाहको भनाए छ ।

प्रतिक्रिया
सम्बन्धित