११ मंसिर २०८३, शुक्रबार

नेकपाका नेताहरूकाे हाेटेलमा गाेप्य बैठक, विवाद उत्कर्षमा

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

इटहरी, ३ असाेज । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) इटहरीको विवाद उत्कर्षमा पुगेको छ ।

तीन सातायतादेखि विवाद हुँदै आएको नेकपा इटहरीका असन्तुष्ट पक्षले आफ्नो मागको सम्बोधन नभएको भन्दै बिहीबार गोप्य रुपमा बसेको नेकपा इटहरी उपमहानगरको बैठक बिथोलेको छ ।

नेकपा इटहरीमा पार्टीको रोलक्रम मिचेर, पार्टीको विधान विपरीत नगर सचिव काशीनाथ दंगाललाई नियुक्त गरेको भन्दै उनलाई नगर सचिवबाट हटाउन माग गर्दै तीन सातायता युवाहरु आक्रोशित हुँदै आएका छन् ।

गत भदौ १२ गते नेकपा इटहरीमा असन्तुष्ट पक्षले ताला लगाएको थियो भने भदौ ३१ गते नेकपा प्रदेश १ मा समेत तालाबन्दी गरेका थिए । उक्त विवादको निष्कर्ष भने निस्किएको छैन ।

विवाद चुलिदै गएपछि बिहीबार गोप्य रुपमा बसेको बैठक बिथोलेको असन्तुष्ट पक्षमध्येका एक सुनिल कार्कीले बताए ।

नगर कमिटिको पूर्ण बैठक बस्दै गर्दा बैठक बिथोलेको उनले बताए । तत्कालीन नेकपा एमाले वडा नं. ४ काउप–सचिव समेत रहेकाका र्कीकाअनुसार नेकपाका केन्द्रीय सदस्य तथा सुनसरी जिल्ला इन्चार्ज धर्म निरौलाको प्रमुख आतिथ्यतामा गोप्य रुपमा बसेको बैठक बिथोलिएको हो ।

‘कार्यक्रम हुँदै गर्दा एजेन्डा राखेपछि हाम्रो माग समेटिएन’, कार्कीले भने, ‘त्यसैले हामीले बैठक बिथोल्न बाध्य भयौँ ।’

कार्कीले नगर कमिटीका मानिसहरूले भागेर, लुकेर र होटलमा गोप्य रुपमा बैठक बसेकाले आफूहरूले मुर्दाबादाको नारा लगाएर करिब ६० जनाको समूहले बैठक अबरुद्ध गरेको बताए ।