बिहीबार, ७ कार्तिक २०७६
DainikNepal.com
बिहीबार, ७ कार्तिक २०७६

लापरवाहीले गर्दा साथीको मृत्यु

दैनिक नेपाल २०७६ असोज २ गते २०:२१

ललितपुर, २ असाेज । साथीको लापरवाहीले गर्दा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ललितपुरका बलराम के.सी. रहेका छन् ।

ललितपुरको गोदावरी न.पा वडा नं. १२ ठेचो बस्ने वर्ष ३३ को राजु महर्जन, बलराम के.सी. र सुरोज परियार प्रदेश ३ ०२००९ प ११०५ नम्बरको पहेंलो रंगको स्कुटरमा रक्सी खान भनि नजिकको खेतमा गएका थिए ।

सँगै बसी रक्सी खाँदै जाँदा बेलुका ९१० बजेको समयमा बलराम के.सी. बेहोस भएपछि राजु महर्जन र सुरोज परियारले आगो बाली टाउको मुखमा पानी छ्याप्दापनि बलराम के.सी. होसमा नआएपछी निजलाई सोही स्थानमा छोडी आआफ्नो घरतर्फ गएका थिए ।

आज विहान सोही स्थानमा बेहोस अवस्थामा भेटिएपछी पाटन अस्पतालमा लगेकोमा उपचारको क्रममा केसीको मृत्यु भएको हो ।

घटनामा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मृत्यु हुनेको साथीहरु २१ वर्षीय सुरोज परियार र ३३ वर्षीय राजु महर्जन रहेका छन् । उनीहरु दुवैजना ललितपुर गोदावरी नगरपालिका वडा नं. १२ का बासिन्दा हुन् ।

प्रतिक्रिया
सम्बन्धित