बिहीबार, ७ कार्तिक २०७६
DainikNepal.com
बिहीबार, ७ कार्तिक २०७६

संविधान दिवसको अवसरमा चन्द्रौटा सरसफाई

दैनिक नेपाल २०७६ असोज २ गते १९:५६


चन्द्रौटा, २ असोज । संविधान दिवसको अवसरमा कपिलवस्तुको चन्द्रौटा बजार सरसफाई गरिएको छ । शिवराज नगरपालिकाको आयोजना तथा स्थानीय सरकारी तथा गैरसरकारी संघसंस्था, वित्तीय संस्थाहरुको समन्वयमा सरसफाई गरिएको हो ।

हातमा झाडु लिई शिवराज नगरपालिकाका मेयर नेत्रराज अधिकारी, डिपुटीमेयर शिवकुमारी थारु, प्रमुख प्रशासकीय अधिकृत हरिप्रसाद अर्याल, शिक्षा शाखा प्रमुख लोकराज पन्थीसहित शिवराज नगरपालिकाका जनप्रतिनिधि, कर्मचारीहरु सरसफाईमा जुटेका थिए ।

यसैगरी व्यापार संघ कपिलवस्तुका अध्यक्ष महादेव पोखरेलसहित पदाधिकारीहरु सरसफाई कार्यमा सक्रिय भएका थिए ।

यता चन्द्रौटास्थित विभिन्न वित्तीय संस्थाका प्रबन्धकहरुको नेतृत्वमा पहिाचान झल्काउने व्यानर, पोशाकसहित सरसफाई कार्यक्रमा जुटेका थिए ।

यस्तै वडा प्रहरी कार्यालय, ट्राफिक प्रहरी पोष्ट चन्द्रौटाका प्रमुख र प्रतिनिधिसहितका टोली हातमा कुचो, बेल्चा तथा पहिचान झल्काउने व्यानरका साथ सरसफाईमा सरिक भएका थिए ।

चन्द्रौटास्थित दुर्गा मन्दिर परिसरबाट शुरुवात गरिएको सरसफाई अभियान चन्द्रौटा बजार, चोक हुँदै संजिवनी सामुदायिक अस्पताल परिसरमा आई कोणसभामा परिणत भएको थियो ।

कोणसभामा बोल्दै नगरप्रमुख नेत्रराज अधिकारीले सरसफाईमा सक्रिय सहभागिता जनाउने सम्पूर्णलाई धन्यबाद दिए । परिवर्तन आफैंबाट शुरुवात गरे मात्र समाज परिवर्तन हुने नगरप्रमुख अधिकारीले विश्वास व्यक्त गरे ।

एक दिनको सरसफाईले केही पनि नहुने औल्याउँदै नगरप्रमुख अधिकारीले समृद्ध र सुखी नगर बनाउन मानवको सोंच र प्रवृत्तिमा सकारात्मक परिवर्तन ल्याउनुपर्ने बताए ।

देशैभर डेङ्गु रोगको संक्रमण फैलिएको बेला यसबाट बच्न घर, आँगन, गाउँ, समाज, विद्यालय, मठमन्दिर लगायत स्थानका वातावरणीय सरसफाईमा सबै सक्रिय हुन आग्रह गरे ।

संविधान दिवसलाई २ देखि ४ गतेसम्म झण्डा फहराउँदै सरसफाईसहितका विविधि कार्यक्रम गरी हर्षोल्लासका साथ मनाउन नगरबासी सम्पूर्णलाई नगरप्रमुख अधिकारीले जिकिर गरे ।

प्रतिक्रिया
सम्बन्धित