बिहीबार, ७ कार्तिक २०७६
DainikNepal.com
बिहीबार, ७ कार्तिक २०७६

गाेली हानेर दाङमा लुटपाट

दैनिक नेपाल २०७६ असोज २ गते १९:१४

घाेराही, २ असाेज । दाङकाे तुलसीपुरमा गोली प्रहार गरी बिहीबार अपरान्ह लुटपाट भएको छ ।

राप्ती राजमार्ग अन्तर्गत तुलसीपुर अमिलिया सडक खण्डको तुलसीपुर उपमहानगरपालिका १३ भञ्ज्याङमा गाडी रोकेर लुटपाट भएको प्रहरीले जनाएको छ ।

भारतको रुपैडिहाबाट आफैँले रिजर्भ गरी ल्याएको युपी ४० एबी ९११ नम्बरको कार बाटोमा रोकेर चालकलाई लुटपाट गरेको जिल्ला प्रहरी प्रवक्ता डीएसपी विनोदविक्रम शाहले बताए ।

भारत नागपुरका ४६ वर्षीय महोमद साहेवले गाडी रिजर्भ गरी ल्याएको र नेपालगन्जबाट थप तीन जना चढेकोमा तुलसीपुरको भञ्ज्याङ् पुगेपछि चालकलाई फायर गरी तर्साएर १५ हजार लुटेको डीएसपी शाहले बता ए।

घटनापछि चालक भारत रुपैडिहाका ३० वर्षीय निराज अली शाहले प्रहरीलाई खबर गरेका थिए। घटनास्थलबाट कटुवा पेस्तोलको एक गोली र खोका फेला परेको डीएसपी शाहले बताए ।

घटनापछि प्रहरी परिचालन गरेर लुटपाटमा संलग्न महोमद साहेवलाइ पक्राउ गरेको उनले जानकारी दिए। अन्य तीन जना फरार रहेको प्रहरीले जनाएको छ । उनीहरूको खोजी भैरहेको शाहले बताए ।

प्रतिक्रिया
सम्बन्धित