५ कार्तिक २०८३, बिहिबार

महिन्द्रा ट्रायाक्टरहरुमा उत्सव योजना

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २ असोज । महिन्द्रा अटोमोबाइल्स तथा ट्याक्टरहरुको आधिकारिक विक्रेता अग्नि इन्कर्पोरेटेड हालै विश्वकर्मापूजा समारोह सम्पन्न गरेको छ ।

कम्पनीले विश्वकर्मा पूजा, दसैं, तिहार तथा छठ जस्ता महान् चाडपर्वहरुको अवसरमा आफ्नो योजना महिन्द्रा उत्सव अन्तर्गत “चाड पर्वको प्रसंग, महिन्द्रा ट्रयाक्टर किन्दा अब परिवार दङ्ग” भन्ने नारा सहित योजनालाई अगाडी सारेको छ ।

यस योजनामा ईभो, नोभो, र जिभो लगायत महिन्द्रा कम्पनीका कुनै पनि ट्रयाक्टर किन्दा ट्रयाक्टर धनीले डबल डोर फ्रिज तथा ट्रयाक्टर चालकले सामसङको एन्ड्रोइड स्मार्टफोन पक्का पुरस्कार स्वरुप प्राप्त गर्न सक्नेछन् भने बम्परमा पुरस्कारमा महिन्द्राको १२५ सिसिको गुस्टो स्कुटर पनि प्रदान गरिने छ ।

यसका अतिरिक्त ग्राहकले अन्य थुप्रै आकर्षक उपहारहरु पनि प्राप्त गर्न सक्नेछन् ।

दसैंको समय भनेको खुशीयालीले भरिपूर्ण समय हो । सामान्यतया उत्सवको समयमा घरमा नयाँ सामान खरिद गरिने गरिन्छ । उत्सवको यो अनुभवलाई जीवन्त एवं सुखद बनाउन महिन्द्राले आफ्ना ग्राहकहरु समक्ष विगतका वर्षहरुमा जस्तै महिन्द्रा उत्सव योजना प्रस्तुत गरेको छ ।

यसै सिलसिलामा ग्राहकको भावनालाई आत्मसाथ गर्दै अझ बलियो सम्बन्ध स्थापित गर्न यो योजना प्रस्तुत गरिएको कुरा प्रेस विज्ञप्ति मार्फत् जानकारी गराइएको छ ।