१५ कार्तिक २०८३, आइतबार

संविधान दिवसका अवसरमा नि:शुल्क ओपिडी सेवा

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चितवन, २ असोज । चितवन कलेज अफ मेडिकल साइन्सेज शिक्षण अस्पताल (पुरानो मेडिकल कलेज) ले संविधान दिवसका अवसरमा असोज २ गते बहिरङ्ग (ओपिडी) तर्फको टिकट निःशुल्क गरेको छ ।

अस्पतालका प्रमुख सञ्चालन अधिकृत डा. शुप्रभात श्रेष्ठका अनुसार अस्पतालको सामाजिक उत्तर दायित्व अभियान र सरकारको अभियानलाई समेत सफल बनाउन (ओपिडी) तर्फको टिकट निःशुल्क गरिएको हो ।

विगत दुई दशक बढी सयमदेखि मेडिकल सिटि चितवनमा गुणस्तरीय उपचार सेवा दिँदै आएको छ । अस्पताल मुलुककै पुरानो र मेडिकल सिटि चितवनको पहिलो मेडिकल कलेज समेत हो ।

हाम्रो सामाजिक दायित्वलाई पुरा गर्दै आम सर्वसाधारणहरुको सहजताका लागि यो घोषण उपयोगी हुने उनले बताए । अस्पतालले विभिन्न समयमा सामाजिक उत्तरदायितव अन्र्तगत विभिन्न काम गर्दै आएको छ ।