बिहीबार, ७ कार्तिक २०७६
DainikNepal.com
बिहीबार, ७ कार्तिक २०७६

रानूको स्वर लताको जस्तो हुबहु नक्कल होइन

दैनिक नेपाल २०७६ असोज २ गते ९:५४

मुम्बई । बलिउड संगीतकार हिमेश रेशमियाले रानू मंडलको स्वर लता मंगेशकरको हुबहु नक्कल नभएको बताएका छन् । उनले रानू स्वर नक्कल नभई लताको स्वरबाट प्रभावित मात्र रहेको बताए ।

रानू र उनको स्वरमा रहेको ‘तेरी मेरी कहानी’ गीतको रिलिज कार्यक्रममा हिमेशले यस्तो बताएका हुन् । रेल स्टेशनमा लता मंगेशकरको स्वरमा रहेको ‘एक प्यारका नगमा हे’ गीत गाइरहेको भिडियो सामाजिक संजालमा आएपछि रानू रातारात भाइरल भएकी थिइन् ।

लताले चर्चित स्वरको नक्कलबाट छोटो समयको लागि मात्र प्रसिद्धि हासिल हुने र सफलता आफ्नो स्वरले मात्र दिलाउने बताएकी थिइन् । उनको यस भनाइको सामाजिक संजालमा रानू समर्थकहरूले चर्को आलोचना गरेका थिए ।

भाइरल भएकी रानूलाई संगीतकार रेशमियाले आफ्नो ‘ह्यापी हार्डी एण्ड हीर’ सिनेमाको गीत गाउन दिएर ब्रेक दिएका थिए । सोही गीतको सार्वजनिक कार्यक्रममा बोल्दै हिमेशले लताको भनाइलाई सहि परिदृश्यमा बुझ्नुपर्ने धारणा राखेका छन् ।

‘उहाँ लताजीबाट प्रभावित हुनुहुन्छ । लताजी जस्तो अर्को कोही हुन सक्दैन । उहाँ सर्वोत्कृष्ट हुनुहुन्छ’, हिमेशले भनेका छन्, ‘लताजीको भनाइको आशय तपाईं प्रभावित हुनसक्नुहुन्छ तर हुबहु नक्कल गर्न हुँदैन भन्ने हो । त्यो रानूजीले गर्नु भएको पनि छैन ।’

उनले हुबहु नक्कल गर्नु र प्रभावित हुनुमा फरक रहेको पनि स्पष्ट पारेका छन् । ‘आज अर्जित सिंह ठूला गायक हुन् र यदि कोहीले उनको जस्तै गाउने नक्कल गरे भने त्यसले काम गर्दैन। र प्रेरणा लिनुचाहिँ महत्वपूर्ण हो’, हिमेशको भनाइ थियो ।

हिमेश सबैजना कहिकतै कोही न कोहीसँग प्रभावित हुने बताए । ‘जब मैले हाई पिचमा गाउन थालें तब मानिसहरू मलाई नाकबाट गाउँछ भन्थे तर अन्तराष्ट्रिय गायनमा यसैगरी गाइन्छ’, उनले भने, ‘जुन आजकल आम भएको छ । प्रेरणा लिनु एकदमै महत्वपूर्ण हो । रेनु जन्मजात प्रतिभावान हुन् । एजेन्सी

प्रतिक्रिया
सम्बन्धित