२५ कार्तिक २०८३, बुधबार

राष्ट्रिय विज्ञान दिवसमा १५ हजार नगदसहित २ जना पत्रकारहरु पुरस्कृत

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौँ, १ असोज । नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले असोज १ गते सातौँ ‘राष्ट्रिय विज्ञान दिवस’ २०७६ सफलतापूर्ण भव्यताका साथ सम्पन्न गरेको छ । यस वर्षको राष्ट्रिय विज्ञान दिवसको नारा “विज्ञान, प्रविधि र नवप्रवर्तन : सामाजिक आर्थिक रुपान्तरण” भन्ने रहेको छ ।

दिवसको मूल समारोह समितिको मुख्य कार्यक्रम आज राष्ट्रियसभा गृह, भृकृटीमण्डपमा भएको थियो । कार्यक्रममा विज्ञान तथा प्रविधिको क्षेत्रमा कलम चलाई उत्कृष्ठ योगदान पुर्याउने २ जना पत्रकारहरुलाई पनि पुरस्कृत गरिएको छ ।

पुरस्कृत हुनेहरुमा साइन्स इन्फोटेक डट कम डट एनपीका प्रधान सम्पादक गोपाल भण्डारी र एबिसी टेलिभिजनकी समाचारवाचिका एवं प्रस्तोता सन्तोषी अधिकारीलाई सम्मान स्वरुप रु. १५ हजार राशीको पुरस्कार सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदान गरेका थिए ।

पुरस्कृत हुने गोपाल भण्डारीले गोल्डेन साईन्फिक एज मासिक पत्रिकामा सन् २००९ देखि सन् २०१० सम्म सह सम्पादक, रिभो साइन्स मासिक पत्रिकामा सन् २०१२ देखि सन् २०१४ सम्म सह सम्पादक, साइन्स इन्फोटेक डट कम डट एनपी अनलाइन पत्रिकामा सन् २०१४ देखि हालसम्म प्रधान सम्पादकको रुपमा रहेर काम गरेका छन् ।

एक दशकदेखि लेखन, पत्रकारिता र अनुसन्धानमा संलग्न भण्डारीका विभिन्न विषयहरुका १२ वटा पुस्तकहरु, ८ वटा अनुसन्धानात्मक प्रतिवेदनहरु, ४ वटा वैज्ञानिक जगत नामक जर्लनमा अनुसन्धानात्मक लेखहरु, विभिन्न बिज्ञान मासिक, पाक्षिक पत्रपत्रिकाहरुमा लगभग १०० वटा जति विज्ञान सम्बन्धी लेखहरु र विभिन्न अनलाइनहरुमा लगभग १,००० जति विज्ञान र अन्य विषयहरुका लेखहरु प्रकाशित छन् ।

पत्रकार सन्तोषी अधिकारीका बारेमा जानकारी दिनुपर्दा विगत १४ वर्षदेखि पत्रकारिता सुरु गरेकी हुन् । शुरुवाती दिनमा देशान्तर साप्ताहिकको संवाददाता, नुवाकोट एफएम, नेपालवाली रडियो नेटवर्क, इमेज एफ एम, इमेज न्युज एफमा समाचारवाचिका साथै कार्यक्रम संचालिकाको रुपमा काम गरेकी थिईन् ।

उनले एभिन्युज टेलिभिजन, प्राइम टाइम्स टेलिभिजन हुँदै हाल एबिसी न्युज टेलिभिजनमा समाचारवाचिका एवं कार्यक्रम निर्माता, प्रस्तोताको रुपमा काम गर्दै आएकी छन् ।

उनका विज्ञानसँग विभिन्न अनुसन्धानमुलक लेख र रचनाहरु प्रकाशित हुनुका साथै टेलिभिजन रिपोर्ट र कार्यक्रम संचालन पनि गर्दै आएकी छन् ।