५ कार्तिक २०८३, बिहिबार

नेपाल टेलिकमले १ सय रुपैयाँमा ३ जिबी डाटा प्याक दिने

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १ असोज । संविधान दिवसका अवसरमा नेपाल टेलिकमले सम्पूर्ण ग्राहकहरुको सुविधालाई ध्यानमा राखी जम्मा एकसय रुपैयाँमा ३ जिबी डाटा प्याक योजना सार्वजनिक गरेको छ ।

यो डाटा प्याकेज लिएर निरन्तर तीन दिनसम्म प्रतिदिन एक जिबीका दरले जम्मा ३ जिबी डाटा प्रयोग गर्न पाउने सुविधा उपलब्ध गराइएको हो ।

यो सुविधा असोज १ गतेदेखि १५ गतेसम्म उपलब्ध छ । यस योजनामा सहभागी हुनका लागि *1415*3# मा डायल गर्नुपर्छ । यसका साथै 3D1G लेखेर १४१५ मा सन्देश पठाएर वा नेपाल टेलिकम एपमार्फत पनि यो सेवा प्राप्त गर्न सकिन्छ ।