५ कार्तिक २०८३, बिहिबार

बुधबारदेखि एनआईसी एसिया बैंकको एटीएम कार्ड सबैतिर चल्ने

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडाैं, १ असाेज । एनआईसी एसिया बैंकको एटीएम कार्ड अब अरु बैंकको एटीएम मेशिनमा पनि चल्ने भएको छ ।

गएको भदौ १८ गतेदेदेखि बैंकका डेबिट र क्रेडिट कार्ड अरु बैंक तथा वित्तीय संस्थाका एटीएम मेशिनमा नचल्ने भएकोमा बुधबारदेखि भने चल्ने भएको हो ।

भिसा नेटर्वकमा आवद्ध भएका अरु बैंक तथा बित्तीय संस्थाका एटीएम मेशिनमा बुधबारदेखि डेबिट, क्रेडिट तथा प्रिपेड कार्डहरू चल्ने बैंकले जनाएको छ ।

एनआईसी एसिया बैंकले देशभर २९८ शाखा कार्यालयहरू, ३५७ एटिएम, ६९ वटा एक्स्टेन्सन काउण्टर एवं ४१ वटा शाखारहित बैंकिङमार्फत् बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।