सोमबार, २७ असोज २०७६
DainikNepal.com
सोमबार, २७ असोज २०७६

अरुण नदीमा गाडी खस्दा ६ जना वेपत्ता

दैनिक नेपाल २०७६ असोज १ गते ७:०८

संखुवासभा, १ असाेज । संखुवावासभा जिल्लाको खाँदबारीबाट दुई जना बिरामी लिएर गएको बोलेरो गाडी अक्करको भीरबाट अरुण नदीमा खस्दा ६ जना बेपत्ता भएका छन् ।

धर्मदेवी नगरपालिकाको अक्करको भीरमा मंगलबार राति १० बजे को १ ज ३७४९ नम्बरको बोलेरो गाडी दुर्घटना भएको घटनास्थल पुगेका अर्का गाडी चालक प्रेम तामाङले जानकारी दिएका छन् ।

तामाङका अनुसार गाडी चालक सन्तोष विक चालक सहित ६ जना बेपत्ता भएका हुन् । गाडीमा खाँदबारी–९, का प्रमेश थापामगर र उनकी भाउजु कल्पना थापामगर बिरामी दुई महिनाको बच्चा समिर श्रेष्ठ, उनका बुबा आमा संगम श्रेष्ठ र सदीक्षा श्रेष्ठ बेपत्ता भएका छन् ।

बिरामीको खाँदबारीमा उपचार हुन नसकेछि थप उपचारका लागि वीपी मेमोरियल स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लैजाने क्रममा गाडी दुर्घटाना भएको हो ।

रातको समयमा दुर्घटना भएकाले बेपत्ताको खोजी कार्य हुन सकेको छैन। अरुण खोलामा बाढीआएका कारण उनीहरूको खोजीमा समेत समस्या भएको छ ।

प्रतिक्रिया
सम्बन्धित