४ कार्तिक २०८३, बुधबार

निर्देशक बस्नेतकाे टेलिसिरियल ‘कुल खानदान’ को ट्रेलर सार्वजनिक

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौ, ३१ भदौ । निर्देशक सोभित बस्नेतको पारिवारिक टेलिसिरियल ‘कुल खानदान’ को ट्रेलर सार्वजनिक भएको छ । रमाइलो टिभीको प्रस्तुति रहेको सिरियल दशैदेखि प्रशारण हुने निर्देशक बस्नेतले जानकारी दिएका छन् ।

पारिवारिक जीवनको आरोहअबरोह प्रस्तुत गरिने ‘कुल खानदान’ मा नीर शाह, सपना श्रेष्ठ, उत्तम केसी, रोहित रुम्वा, बिशाल पहाडी, शुभेच्छा थापा, अस्मिता जुरेली, संगम भण्डारीलगायत नवअभिनेत्री काब्या कार्की र बालकलाकार एन्जिल रोकाय प्रमुख भूमिकामा छन् ।

सलिना बस्नेत कार्यकारी निर्माता रहेको सिरियल राहुल राईले खिचेका हुन् । रामकाजी घिमीरेले लेखेको सिरियल बन्दे प्रसादले सम्पादन गरेका छन् ।

टेलिसिरियल भए तापनि ‘कुल खानदान’ लाई फिल्मी भब्यता दिइएको निर्देशक बस्नेतको दावी छ । झण्डै साढे दुई दर्जन फिचर फिल्म निर्देशन गरिसकेका निर्देशक बस्नेत ‘कुल खानदान’ ले दर्शकमाझ नौलो छाप छोड्नेमा आशावादी छन् ।