
काठमाडौँ, ३१ भदौ । चितवन, धादिङ र सुनसरीमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ३ जनाको मृत्यु भएको छ ।
चितवन, भरतपुर महानगरपालिका १ आँपटारीस्थित सडकमा ना.१ ज ५२९९ नम्बरको म्याजिक भ्यान अनियन्त्रित भई मंगलबार बिहान दुर्घटना भएको थियो । दुर्घटनामा गम्भीर घाइते भएका भ्यानमा सवार माडी नगरपालिका ४ सितलपुर बस्ने २२ वर्षीया निसा नेपालीको सरकारी अस्पताल भरतपुरमा उपचारको क्रममा मृत्यु भएको छ ।
म्याजिक भ्यान र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
धादिङ, बेनिघाट रोराङ गाउँपालिका ३ स्थित राजमार्गमा बा.६२ प ७६५ नम्बरको मोटरसाइकल अनियन्त्रित भई मंगलबार बिहान दुर्घटना हुँदा मोटरसाइकलमा सवार काठमाडौं कपन बस्ने ३२ वर्षीय बिजय नगरकोटीको उपचारका लागि काठमाडौंतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको छ ।
मोटरसाइकल र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
सुनसरी, ईटहरी उपमहानगरपालिका १३ खनार सोमबारेस्थित धरान विराटनगर सडकखण्डमा मंगलबार बिहान को.१ ख २७४७ नम्बरको बसले साइकललाई ठक्कर दिँदा गम्भीर घाइते भएका साइकलयात्री मोरङ रतुवामाई नगरपालिका ७ बस्ने ३४ वर्षीय मंगल सिंह दमाईको कोशी अञ्चल अस्पताल विराटनगरमा उपचारको क्रममा मृत्यु भएको छ ।
बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।











प्रतिक्रिया