
काठमाण्डौँ, ३१ भदौ । महानगरीय प्रहरी प्रभाग गोगंबुबाट खटिएको प्रहरी टोलीले भदौ ३० गते दिउँसो काठमाण्डौँबाट नक्कली सुनसहित १ जनालाई पक्राउ गरेको छ ।
महानगरपालिका १६ माछापोखरीबाट सिन्धुली कमलामाई नगरपालिका घर भई काठमाण्डौ ठुलोर्भयाङ बस्ने बर्ष ४२ को राजकुमार बम्जनलाई प्रहरीले पक्राउ गरेको हो ।
निजको साथबाट अन्दाजी १ किलो नक्कली सुन बरामद गरेको थियो । बिक्रिको लागि बार्गेनिङ भई रहेको सुचनाको आधारमा निजलाई नक्कली सुनसहित पक्राउ गरिएको हो । घटनाका बारेमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।











प्रतिक्रिया