
काठमाडौँ, ३१ भदौ । संस्थागत सामाजिक उत्तरदायित्वलाई निरन्तरता दिदैं सानिमा बैंक अमरसिंह, पोखरा शाखाले कालिका माध्यमिक विद्यालयद्वारा संचालित ‘विद्यालय खाजा अभियान’ लाई ६ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ ।
खाजा अभियानअन्तर्गत विद्यालयले दैनिक १२५ भन्दा बढी बालबालिकहरुलाई खाजा खुवाउँदै आइरहेको छ ।
बाल दिवसको अवसरमा विद्यालयद्वारा आयोजित कार्यक्रममा बैंकका गण्डकी प्रदेश प्रमुख भावुक तण्डुकारले कालिका विद्यालयको प्रधानाध्यापक बलराम गिरीलाई रकम हस्तान्तरण गरे ।
सोही कार्यक्रममा विद्यालय खाजा अभियानका अध्यक्ष बासुदेव अधिकारीले खाजा अभियानको प्रभावले त्यस विद्यालमा उल्लेखनिय विद्यार्थी भर्ना भएको र शैक्षिक गुणस्तरमा पनि धेरै सुधार आएको बताए ।
बैंकका शाखा प्रबन्धक विरेन्द्रलाल श्रेष्ठले भविष्यका कर्णधारहरु शिक्षाको उज्यालो ज्योतिबाट बञ्चित नहुन् भनि विद्यालयको यस्तो महान सामाजिक कार्यलाई आर्थिक सहयोग गर्ने अवसर दिएकोमा खुशी व्यक्त गरे ।
सानिमा बैंकले सामाजिक उत्तरदायित्वलाई बहन गर्दै विगत ७ बर्षदेखि सम्पूर्ण उपत्यका बाहिरका शाखाहरुबाट हरेक बर्ष २ जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्दै आइरहेको छ । साथै शैक्षिक क्षेत्रमा थप योगदान दिन टिच फर नेपाल संस्थालाई पनि आर्थिक सहयोग गरेको छ ।
त्यसैगरी, बैंकले विभिन्न मितिमा प्रत्येक शाखाहरुबाट सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न कार्यहरु गर्दै आइरहेको छ ।
सानिमा बैंकका सातवटै प्रदेशमा हाल ७९ वटा शाखा, १ एक्सटेन्सन काउन्टरर ७५ वटा एटीएम रहेका छन् ।















प्रतिक्रिया