
काठमाडौँ, ३१ भदौ । दुई दिन देशैभरीका नदीमा बाढी आउने सम्भावना रहेको छ ।
बाढी पूर्वानुमान महाशाखाका अनुसार काठमाडौं उपत्यकासहित पूर्वदेखि पश्चिमसम्मकै विभिन्न स्थानमा अहिले वर्षा भइरहेकाले आज र भोलि देशैभरीका नदीमा बाढीको सम्भावना रहेको हो ।
कतिपय ठाउँमा भारी वर्षाकोसमेत सम्भावना रहेकाले नदी र खोलाहरुमा बाढीको जोखिम रहेको महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार आज र भोलि कोसी, बागमती, नारायणी, पूर्वी राप्ती, रिउखोला, आरूण, तिनाउ, बाणगंगा, मनहरी, लोथरखोला, लालबकैया लगायतका नदीमा बाढी आउने छ।
त्यसैगरी, मकवानपुर, बारा, पर्सा, सर्लाही, सिन्धुली, काभ्रे, महोत्तरी, चितवन, नवलपरासी, रूपन्देही, कपिलबस्तु, दाङ लगायतका जिल्ला भएर बहने नदीमा बाढीको बहावले सतर्कता तह पार गर्ने महाशाखाले अनुमान गरेको छ ।
महाशाखाले देशका धेरैजसो नदी, खोला र खहरेहरुमा आकस्मिक बाढीकोसमेत सम्भावना रहेकाले सतर्कता अपनाउन नागरिकलाई सचेत गराएको छ ।











प्रतिक्रिया