काठमाडाैं, ३१ भदाै । लुक्लाबाट काठमाडौं उडेका ७ वटा हेलिकप्टर काभ्रेमा आकस्मिक अवतरण भएका छन् ।
काभ्रेको पाँचखाल र सिन्धुली नेपालथोकमा ती हेलिकप्टर आकस्मिक अवतरण भएका हुन् ।
पाँचखाल–२ जोरपाटी र हर्सेमा ४ वटा हेलिकप्टर आकस्मिक अवतरण भएका छन्भने सिन्धुली नेपालथोकमा ३ वटा हेलिकप्टर आकस्मिक अवतरण गरेका हुन् ।
जिल्ला प्रहरी कार्यालय काभ्रेले दिएको जानकारीअनुसार मनाङ्ग एयर २ वटा, सिम्रिक र कैलाश एयरको १/१ वटा गरी ४ वटा हेलिकप्टर आकस्मिक अवतरण भएका हुन् ।
मनाङ्ग एयरको दुबै हेलिकप्ट ५ं/५ विदेशी यात्रु, कैलाश एयर २ विदेशी यात्रु र सिम्रिक एयरमा ५ यात्रु सवार रहेको थिए ।











प्रतिक्रिया