सोमबार, २७ असोज २०७६
DainikNepal.com
सोमबार, २७ असोज २०७६

उपेन्द्र यादवलाई सरकारबाट हटाउन प्रधानमन्त्रीलाई सुझाव

दैनिक नेपाल २०७६ भदौ ३१ गते १०:१६

काठमाडौं, ३१ भदौ । सरकारले संविधान दिवस मनाउन असोज ३ गतेका लागि विभिन्न तयारीहरू गरिरहेका बेला उपप्रधान एवम् स्वास्थ्यमन्त्री उपेन्द्र यादव नेतृत्वको समाजवादी पार्टीले संविधान दिवस नमनाउने निर्णय गरेको छ ।

नयाँ संविधानअनुसार मन्त्री पदमा बसिरहेका उपप्रधानमन्त्री यादवले असोज तीन गतेको संविधान दिवस नमनाउने निर्णय सुनाएका छन् । मन्त्री यादवको पार्टीले गरेको निर्णयले सत्तारुढ दलहरूभित्र तरंग ल्याइदिएको छ ।

सामाजिक सञ्जालमा संविधानअनुसार मन्त्री पद र अन्य सुविधा लिने तर, त्यही संविधानको दिवस नमनाउने निर्णय गर्ने समाजवादी पार्टीका अध्यक्ष समेत रहेका उपप्रधानमन्त्री यादवलाई मन्त्री पदबाट हटाउन माग उठेको छ ।

सामाजिक सञ्जालमा समाजवादी पार्टीलाई छिटोभन्दा छिटो सरकारबाट हटाउन प्रधानमन्त्रीलाई सुझाव दिइएको छ ।

यादवको यो निर्णयले सबैभन्दा धेरै तरंग तराईमा ल्याइदिएको छ । समाजवादी पार्टीकै नेतृत्वमा प्रदेश २ मा सरकार पनि छ । प्रदेश सरकारको नेतृत्व गर्ने दलले नै दोहोरो चरित्र देखाएपछि सरकारबाट हटाउन माग उठेको हो ।

सरकारले तीन दिनसम्म दिवसलाई उल्लासपूर्ण रुपमा मनाउन अपील गरेको छ । आफ्नै सरकारको अपीललाई लत्याउँदै यादवले संविधान दिवस नमनाउने निर्णय गरेका हुन् ।

समाजवादी पार्टीले ‘कालो दिवस’ नमनाउने र त्यस्ता खालका कार्यक्रममा सहभागी समेत नहुने जनाएको प्रचार विभाग प्रमुख प्रशान्त सिंहद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया
सम्बन्धित